
काठमाडौं, १६ कार्तिक । सत्तारूढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा) भित्र उत्पन्न विवादले पार्टी फुटको संघारमा पुगेको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल यतिवेला वारपारको अवस्थामा पुगेका छन् । हिजोमात्रै दाहालले १२ दिनपछि ओलीसँग एक्लाएक्लै भेटवार्ता गरेका थिए । उक्त भेटमा ओलीले ‘अब सँगै जान सकिँदैन्, अलग अलग जाऔं’ भनेर आफूसँग भनेको दाहालले आज सचिवालयका ६ जना बहुमत सदस्य सम्मिलित भेलामा ब्रिफिङ गरेका थिए । उक्त भेलामा दाहालसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा बादल सहभागी थिए ।