काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा गगन थापा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ह्याट्रिक जित निकालेका हुन् ।
थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई पराजित गरे । भट्टराईलाई थापाले ७,४५७ मतान्तरले पराजित गरे । जितको औपचारिक घोषणा हुन भने बाँकी छ ।०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । २०७० सालमा एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए ।
