कतार विश्वकपमा इंग्ल्यान्डले सानदार जित निकालेको छ । खालिफा इन्टरनेसनल स्टेडियममा इरानमाथि ६– २ गोलको सानदार जित निकालेको हो । इंग्ल्यान्डको जितमा बुकायो साकाले दुई गोल गरे । जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस राषफोर्ड र ज्याक ग्रेलिसले एक– एक गोल गरे ।
इरानका लागि मेहदी तारेमीले दुई गोल गरे ।
खेलको ३५ औं मिनेटमा वेलिङघमको गोलबाट इंग्ल्यान्डले अग्रता लिएको थियो । ४४ औं मिनेटमा साकाले गोल गर्दै अग्रता २– ० को अवस्थामा पुर्याए । पहिलो हाफको इन्जुरी समयमा स्ट्रर्लिङले गोल गर्दा पहिलो हाफमा इंग्ल्यान्ड ३–० को अग्रता लियो ।
खेलको ६२ औं मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल गर्दा इंग्ल्यान्डको अग्रता ४– ० पुग्यो । ६५ औं मिनेटमा तारेमीले गोल गर्दै इरानलाई ४– १ को अवस्थामा ल्याए । ७१ औं मिनेटमा राषफोर्डले गोल गर्दा इंग्ल्यान्डले ५– १ को अग्रता बनायो । ९० औं मिनेटमा ग्रेलिसले थप गोल गरे । इन्जुरी समयमा तारेमीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गरेपछि इंग्ल्यान्ड ६– २ ले विजयी भयो ।
