Nepali Unicode | Preeti to Unicode

फिफा विश्वकप फुटबल २०२२ मा आज समूह चरणका चार खेल हुँदैछन् । मंगलबार समूह सी र समूह डी मा रहेका टोलीको चार खेल हुन लागेको हो ।

समूह सी को पहिलो खेलमा अर्जेन्टिनाले साउदी अरेबिया भिड्दैछन् । उपाधि दाबेदार टोली अर्जेन्टिनाले आज दिउँसो ३ः४५ मा साउदीसँग खेल्नेछ ।

समूह डी मा रहेको डेनमार्क र ट्युनिसियाबीचको खेल साँझ ६:४५ मा हुनेछ ।

पोल्याण्ड र मेक्सिकोबीच खेल पनि आजै हुनेछ । नेपाली समय अनुसार आज राति ९ः४५ खेल सुरु हुनेछ ।

साविक विजेता फ्रान्सले पनि आज पहिलो खेल खेल्दैछ । समूह डी मा रहेको फ्रान्स र अष्ट्रेलियाबीचको खेल राति १२ः ४५ मा सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर