निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको मत परिणाम तीन दिन भित्र सार्वजनिक गरिसक्ने लक्ष्य रहेको बताएको छ । मंसिर ४ गते हुने निर्वाचनको प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र र समानुपातिक तर्फको परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने आयोगले जनाएको हो ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले भने,‘सबै मतपेटिका संकलन भएको लगत्तैदेखि मतगणना सुरु हुनेछ, तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएका छौं ।’ मंसिर २२ गतेभित्र चुनावका सबै नतिजाको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष बुझाउने तयारी रहेको पनि थपलियाले बताए ।
प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते देशभर एकै चरणमा हुँदैछ ।
