Nepali Unicode | Preeti to Unicode

आइतबार कतारमा सुरु हुने फिफा विश्वकपका लागि सहभागी ३२ वटै राष्ट्रबाट जम्मा ८३१ खेलाडीले नाम दर्ता गरेका हुन् ।  जसमध्ये चार खेलाडी पाँचौ पटक विश्वकप खेल्दैछन् । विश्वकप फुटबल हरेक चार वर्षमा आयोजना हुन्छ  । चार खेलाडीले लगातार पाँचौ पटक विश्वकप खेल्न लागेका हुन् ।

कतार विश्वकप अघि  लियोनल मेस्सी र क्रिस्टियानो राेनाल्डाेसहित  चार जनाले पाँचाै पटक खेल्ने भएका हुन् ।

२२औं संस्करणको विश्वकप फुटबलमा अरु चार खेलाडीले उक्त उपलब्धी हासिल गर्नेछन् । यसअघि मेक्सिकोमा एन्टोनिओ कार्बाजल र राफा मार्क्वेज, जर्मनीमा लोथर म्याथ्युज र इटलीका जियानलुजी बुफोनले पाँचवटा विश्वकप खेलेका थिए ।

कार्बाजलले १९५० देखि १९६६ ससम्म खेलेका थिए  । म्याथ्युजले १९८२ देखि १९९८ सम्म खेले  । बफोनले १९९८ देखि २०१४ सम्म र मार्क्वेजले २००२ देखि २०१८ सम्म खेलेका थिए ।

सन् २००६ देखि लगातार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो विश्वकप खेलेका छन् । उनीहरु पाँचौ विश्वकप खेल्दैछन् ।  मेक्सिकोका गोलकिपर गुइलेर्मो ओचाओ र आन्द्रेस गुअर्डाडो पनि पाँचौ  पटक विश्वकप खेल्दैछन् । यी चारै खेलाडीले सन् २००६ मा जर्मनीमा भएको विश्वकपबाट विश्वकपमा डेब्यू गरेका थिए ।

कतारमा विश्वकप खेल्न जानेमाध्ये मेस्सी सबैभन्दा अनुभवी हुन् । ३५ वर्षीय मेस्सीले चार विश्वकपमा कूल १९ खेल खेलेका छन् र जसमा ६ गोल गरेका छन् । कतार विश्वकपमा फाइनलसम्म पुगेर ७ खेल खेलेमा मेस्सी सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन् ।

रोनाल्डोले चार विश्वकपमा गरी १७ खेल खेलेका छन् भने ७ गोल गरेका छन् ।  मेक्सिकोका गोलकिपर ओचाओले ८ खेल खेलेका छन् । सोही देशका कप्तानका गुअर्डाडले १२ खेल खेलेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर