पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेल नेपालले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले हराएको हो ।
दशरथ रंगशालामा ५० औं खेल खेलेको नेपाललाई जित दिलाउन अन्जन विष्टले गोल गरेका थिए । उक्त गोल नै निर्णायक बन्दा नेपालले जित निकालेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२ औं मिनेटमा अन्जनले गोल गरेका गरेका थिए ।
नेपालको लागि अन्जनको यो ११ औं अन्तराष्ट्रिय गोल हो । अन्जन सर्वाधिक गोलकर्ता हरि खड्का र निराजन राइमाझी भन्दा दुई गोलले पछि रहेका छन् ।
यस जितसँगै नेपालले दशरथ रंगशालामा ५० औं खेलको कोशेढुंगा समेत पूरा गरेको छ ।
यस्तै नेपालले पाकिस्तानविरुद्ध पाँचौ जित निकाल्न सफल भएको छ ।
