Nepali Unicode | Preeti to Unicode

विश्वकप फुटबल अघि अर्जेन्टिनाले यूएईमाथि सानदार जित निकालेको छ । तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी संयुक्त अरब इमिरेट्स (यूएईं) लाई ५–० गोल अन्तरको जित निकालेको हो ।

युएईंको मैदान मोहम्मेद विन जायदमा अर्जेन्टिनाको फराकिलो जितमा एन्जल डि मारियाले दुई तथा जुलियन अल्भारेज, लियोनेल मेस्सी र जोअक्विन कोरेआले  एक–एक गोल गरे । अर्जेन्टिनाले पहिलो हाफमै ४ गोल गरेको थियो ।

बुधबार राति भएको खेलको जुलियन अल्भारेजको गोलबाट अग्रता लिएको थियो । २५औं मिनेटमा एन्जल डि मारियाले दोस्रो र ३६औं मिनेटमा अर्जेन्टिनाका लागि तेस्रो र व्यक्तीगत दोस्रो गोल गरे ।  ४४औं मिनेटमा कप्तान लियोनेल मेस्सी र ६०औं मिनेटमा परिवर्तित खेलाडी जोआक्विन कोरेआले गोल गरे ।जितसँगै अर्जेन्टिना ३६औं खेलसम्म अपराजित रहन सफल भएको छ ।   विश्वकपको समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले २२ नोभेम्वरमा साउदी अरेबियासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । त्यसपछि २६ नोभेम्वरमा मेक्सिको र ३० नोभेम्वरमा पोल्यान्डसँग खेल्ने तालिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर