नेपालले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा युएईविरुद्ध बलिङ गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युएईले टस जितेर पहिले ब्याटिङ रोजेको हो । युएईले ब्याटिङ रोजेपछि नेपालले सुरुआतमा फिल्डिङ सुरु गरेको हो ।
नेपाल युएईविरुद्ध जितको खोजीमा रहेको छ । सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो ।
नेपाललाई सिरिज जोगाउनसमेत आजको खेल जित्नै पर्ने दबाब छ । युएई दोस्रो खेलमा जित निकाल्दै एक खेल अगाबै सिरिज जित्ने लक्ष्यमा छ ।
तीन खेलको सिरिजमा युएई १–० ले अगाडि छ । युएई र नेपालबीचको तेस्रो तथा अन्तिम खेल भने शुक्रबार हुनेछ ।
