Nepali Unicode | Preeti to Unicode

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा फेरि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

ट्रम्पले बुधबार २०२४ को राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीको दाबेदार भएको बताएका हुन् । यस सम्बन्धमा ट्रम्पले सङ्घीय निर्वाचन आयोगलाई आधिकारिक कागजात बुझाएका छन् ।

डोनाल्ड ट्रम्प चुनावको औपचारिक घोषणा गर्ने पहिलो प्रमुख दावेदार बनेका छन्। अर्थात् २०२४ मा ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनसँग फेरि कडा टक्कर दिन सक्नेछन् । सन् २०२४ को चुनावमा ट्रम्पको दाबीप्रति प्रतिक्रिया दिँदै राष्ट्रपति बाइडेनले ट्रम्पले अमेरिकालाई निराश बनाएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर