Nepali Unicode | Preeti to Unicode

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धनलाई २० वर्षसम्म निरन्तर कायम राख्ने बताएका छन् ।

सोमबार लमजुङको राइनासमा चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले कतिपयले चुनावपछि गठबन्धन नयाँ बन्छ कि भन्ने अनुमान गरिरहेको उल्लेख गर्दै कम्तिमा १५/२० वर्षसम्म यही गठबन्धनलाई कायमै राख्ने बताएका हुन ।

उनले भने, ‘यो गठबन्धन चुनावसम्म मात्रै होइन । कतिपयले भन्छन् चुनावपछि फेरि अर्कै गठबन्धन बन्छ कि, केही पनि हुँदैन । जबसम्म यो देशमा संविधान, लोकतन्त्र र शान्तिमाथि तथा जनताले पाएको अधिकारमाथि चुनौती रहिराख्छ । तबसम्म यो गठबन्धन पनि गइराख्छ ।’

‘केपी ओलीसँग एकता गरेर मैले ज्ञान प्राप्त गरेर आएको छु । अब त्यो ज्ञान यताउता हुनेवाला छैन। यही गठबन्धनलाई लिएर जाने हो,’ उनले थपे ।

उनले आफू र नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सँगसँगै देशका विभिन्न चुनावी सभामा गएको र सत्ता गठबन्धनका पक्षमा विस्तारै जनलहर आइरहेको दाबी समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर