Nepali Unicode | Preeti to Unicode

प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा रहेको आर्सनलले शीर्ष स्थानमा अग्रता बढाएको छ । कप्तान मार्टिन ओडेगार्ड दुई गोल गरेपछि वल्भ्सलाई २–० ले पराजित  गरेपछि शीर्ष  स्थानमा अग्रता बढाएको हो ।

आर्सन दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीमाथि ५ अंकले अगाडि छ । सिटी ब्रेन्टफवर्डसँग स्तब्ध भएपछि आर्सनले जितसहित अंकदूरी बढाएको हो ।

घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा कप्तान ओडेगार्डले दुवै गोल दोस्रो हाफमा गरे । ओडेगार्डले ५४औं मिनेटमा फाबियो भिएराको पासमा गोल गरेका थिए भने ७५औं मिनेटमा पेनाल्टी बक्सभित्र प्राप्त बलमा गोल गरे ।

जितपछि आर्सनलको १४ खेलबाट ३७ अंक भएको छ । सिटीको समान खेलबाट ३२ अंक छ ।

विश्वकपपछि प्रिमियर लिग अब डिसेम्बर अन्तिममा मात्र फेरि सुरु हुनेछ ।

आर्सनलका म्यानेजर मिके अर्टेटाले आर्सनल पाँच अंकको अग्रतासहित शीर्ष स्थानमा रहँदा अहिले सबै स्तब्ध भएको र कसैले पनि यस्तो अपेक्षा नगरेको बताएका छन् ।

प्रिमियर लिगकै अन्य खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३– १ ले पराजि त गरेको छ । लिभरपुलका लागि डार्विन नुनेजले २ तथा रोवर्टो फिर्मिनोले १ गोल गरे । टोटनहमले लिड्समाथि ४– ३ को रोमाञ्चक जित निकालेको छ । न्युकासल युनाइटेडले  चेल्सीलाई १– ० ले पराजित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर