स्याङ्जामा चितुवाको आक्रमणबाट तीनजना घाइते भएका छन् । वालिङ नगरपालिका वडा १४ कफ्लेटीमा शुक्रबार बिहान चितुवाले आक्रमण गर्दा तीन जना घाइते भएका हुन ।
चितुवाको आक्रमणबाट ६४ वर्षीय कृष्णलाल न्यौपाने, ६८ वर्षीया तुलसी पराजुली र २४ वर्षीया लक्ष्मी पराजुली घाइते भएका प्रहरीले जनाएको छ । खेतमा काम गरिहेका कृष्णलाललाई आक्रमण गरेपछि नजिकै पुगेका तुलसी र लक्ष्मीलाई पनि चितुवाले झम्टिएको थियो ।
