Nepali Unicode | Preeti to Unicode

मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अमनलाल मोदीको घरदैलो अभियानमा नेपाली काङ्ग्रेका नेता महेश आचार्य हिडेका छन् । प्रतिनिधिसभामा मोदी र प्रदेशसभा १ मा गुरुराज घिमिरे र २ मा भीम पराजुलीलाई घरदैलाे अभियानमा आचार्यले मत मागेका हुन् ।

२०७४ सालमा अमनलाल मोदीसँग पराजित भएका पूर्व मन्त्री आचार्य मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य टिकटको दाबेदार थिए । तर सत्तारुढ गठबन्धनमा भागबण्डा हुँदा मोरङ क्षेत्र नम्बर ४ माओवादी केन्द्रले पायो ।

माओवादी केन्द्रले टिकट पाएपछि आचार्य चुनावी सभाहरुमा देखिएका थिएनन् ।  बिहीबारबाट उनी चुनावी अभियानमा हिडेका हुन् । विराटनगर ८ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले लोकतन्त्र र संविधानको  रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आग्रह गरे ।

मोरङ क्षेत्र नम्बर ४ मा  एमालेबाट उम्मेदवार बनेका विनाद ढकालले पनि घरदैलाे अभियान तिब्र बनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर