Nepali Unicode | Preeti to Unicode

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मङ्सिर ४ को चुनावलाई गम्भिर रूपमा लिन आग्रह गरेका छन् ।

चुनावले देश र नागरिकको भविष्य बनाउने भन्दै मङ्सिर ४ गतेको चुनावलाई गम्भीररूपमा लिन उनले आग्रह गरेका हुन ।

आउँदो मङ्सिर ४ गतेको चुनावलाई केही राजनीतिक दलको नियन्त्रणबाट देशलाई मुक्त गराउने अवसरका रूपमा लिनुपर्ने उनको भनाइ थियो ।

सिन्धुपाल्चोकको मेलम्चीमा बिहीवार आयोजित राप्रपाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तन र विकासका लागि आउँदो चुनावमा राप्रपालाई मत दिन आग्रह समेत गरेका थिए ।

त्यही चुनावी सभालाई सम्बोधन गर्दै राप्रपाका पूर्वअध्यक्ष पशुपति शमशेर राणाले समग्रमा देश विकासको कामलाई राप्रपाले नेतृत्व दिने र त्यसका लागि आउँदो चुनावमा मत दिन आग्रह गरे । उनले संसदमा पुगेर सुनौलो देश निर्माणका लागि खबरदारी गर्ने समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर