स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले काडिजलाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा रियलले काडिजलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको ४० औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अगाडि रहेको रियलका लागि खेलको ७० औं मिनेटमा टोनी क्रुसले गोल गर्दा २–० को अवस्थामा पुर्याए । खेलको ८१ औं मिनेटमा काडिजका लुकास परेजले गोल गरेपनि रियल २– १ ले विजयी भयो । जितसँगै रियलले १४ खेलमा ३५ अंक जोडेर रियल दोस्रो स्थानमा छ । ११ अंक जोडेको काडिज पुछारबाट दोस्रो स्थानमा छ ।
