Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

अपिल घिमिरे,

मकवानपुर बाट बग्ने राप्ती नदीसंग पूर्वका मनहरी,लोथर मिसिन्छन। सौराहामा बुढी राप्ती ,खगेरी र पश्चिममा केरुंगा खोला मिसिएर बग्ने राप्ती नदी मेघौलीको गोलघाटमा पुगेर नारायणी नदीमा टुंगिन्छ। चितवन राष्ट्रिय निकुञ्जको उत्तर भएर बग्ने यो नदी चितवनको दोस्रो ठुलो जलाधार पनि हो। संकटापन्न घडियाल गोही,कछुवा,को प्रमुख वासस्थानको रुपमा परिचित यो नदी मानिसका सामाजिक,आर्थिक,संस्कृतिक क्रियाकलाप संग पनि निकट रहेको छ। तटीय क्षेत्रमा वसोवास गर्ने मानिसहरु कतिपय यहि नदीमा नुहाउने,लुगाधुने गर्दछन। यहि नदीमा जन्मेका हुर्केका माछा मारेर आफ्नो जीविकोपार्जन गर्ने नदी आश्रित समुदाय पनि यहि छन्।

राप्ती नदी र निकुञ्जको प्राकृतिक मनोरम दृश्यलाई आधार बनाएर नदी किनारमा थुप्रै होटेल तथा रेष्टुरेन्ट संचालनमा आएका छन्। राप्तीको वगरमा सयौं को संख्यामा चरण गर्ने मृग र चित्तल का वथान,मयुरका नृत्य,डुब्न लागेको सुर्यको सुनौलो प्रतिबिम्ब,आहाल खेली रहेको गैंडा ,पार तापी रहेका गोही ,स्वदेशी तथा विदेशी चराहरुको क्रिडा लगाएत थुप्रै सौन्दर्यता बोकेर बसेको राप्ती नदी र चितवन राष्ट्रिय निकुञ्ज नेपालकै तेस्रो पर्यटकीय गन्तव्य हो।
बाक्लो जनघनत्व र पर्यटकीय क्रियाकलाप बढ्दै जाँदा कन्चन र स्वच्छ राप्ती नदी आज प्रदुषित बन्न लागेको छ। मध्यवर्ती क्षेत्रका वासिन्दा हरुले आफ्ना घरमा प्रयोगमा नआएका प्लास्टिक ,शिशा,पुराना कपडा,टिन आदि लगेर तटीय क्षेत्रमा फ्याक्ने गरेको पाइएको छ। होटेल तथा रेष्टुरेन्ट बाट निस्कने फोहोरजन्य पदार्थहरु समेत रापतिले बोक्न परेको छ। सामुदायिक वनमा घाँस दाउरा गर्न जाने स्थानीयले समेत आफुँ संग लगेका पानीका बोतल ,सुर्ती,चाउचाउ का खोल आदि जंगलमा फल्ने गर्दछन र ति कुनै न कुनै मध्यम बाट नदीमा मिसिन्छन। दाहा संस्कार गरिसके पछि छाडिने मृतकले प्रयोग गरेका सामग्रीहरु बगरमा छरपस्ट देखिन्छन।

गिटी, वालुवा ,ढुंगा ढुवानी गर्ने क्रममा हुने दोहन र तिनले सिर्जना गर्ने प्रदुषण कम्ति हानिकारक हुदैन। टेक्टर,टिप्परको आवाजले जनावर तथा जलचर प्राणीको वासस्थानलाई असर गरिरहेको छ। राप्तीको बगर घडियालको क्षेत्र हो। मुलुकका अन्य नदी भन्दा राप्ती नदी यस अर्थमा पनि संवेदनशील छ ।
गैंडा ,बाघ नुहाउने यस नदी प्रदुषित हुँदा उनीहरुमा संक्रमण बढ्न सक्दछ। जलचर प्राणी समेत संकटमा पर्दछन। नदी फोहोर भएपछी डुंगा सयर गर्ने पर्यटक घट्छन। साइबेरिया देखि आउने चार हरु आउन छोड्छन। हाम्रो पर्यटकीय गतिबिधि पनि चौपट हुन्छ। अझ यो भन्दा जटिल त पर्यावरण मा पर्ने असन्तुलन रहने छ। किनारमा भेटिने सिसाका टुक्रा हरुले जनावरलाई चोट पुर्याउन सक्छन। प्लाष्टिकका टुक्रा जनावरका पेट मा पुग्न सक्छन। माछा मार्न प्रयोग गरिने जालमा परेर दुर्लव घडियाल मारिएका छन्। यी सबै हामी मानवले प्रकृति बिरुद्द गरेका अपराध हुन्।
चितवन राष्ट्रिय निकुञ्जले निकुन्जलाई दुइ वर्ष अघि प्लास्टिक मुक्त क्षेत्र घोषणा गरेको छ। यसलाई सकारात्मक कदम लिनु पर्छ। यद्धपि कार्यन्वयनमा चुनौती हुन् सक्छ। स्थानीय युवा हरु पनि राप्ती तटीय क्षेत्र सरसफाई अभियान संचालन गरि नदी सफाई कार्य गरिरहेका छन्। ,सामुदायिक वनलाई पनि प्लाष्टिक मुक्त बनाउने अभियानमा संरक्षणकर्मी हरु जुट्नु आबस्यक छ।

लोथर,मनहरी तटीय क्षेत्र का वासिन्दा,साथै पर्यटकीय गतिविधि हुने सौराहा,पटिहानी ,जगतपुर,मेघौलीका होटेल तथा रेष्टुरेन्ट संचालक हरुले पनि नियमित नदी तटीय क्षेत्र सरसफाई गर्नु पर्ने देखिन्छा। स्थानीय निकाय हरुले पनि दिगो फोहोर व्यवस्थापनको लागि दिर्घकालिन योजना बनाउनु पर्छ।
लेखक ः राप्ती तटीय क्षेत्र सरसफाई अभियानका संयोजक हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय