आप्रवासी बस्ने भवनमा आगलागी हुँदा माल्दिभ्सको राजधानी मालेमा ११ जनाको मृत्यु भएको छ । आगलागीमा केही घाइते भएका छन् । आप्रवासी कामदार बस्ने एक भवनमा भएको आगलागीबाट ११ जनाको ज्यान गएको समाचार संस्था एएफपीले जनाएको छ । ज्यान गुमाउनेमध्ये आठ जना भारतीय कामदार रहेका छन् ।
भवनको भुइँ तलामा रहेको गाडीको ग्यारेजबाट आगो लाग्न सुरु भएको खबरमा उल्लेख छ । आगो निभाउन चार घण्टा लागेका कारण मानवीय क्षति भएको दमकल विभागका एक अधिकारीले बताएका छन् ।
