Nepali Unicode | Preeti to Unicode

एमाले पूर्व जिल्ला कमिटी सदस्य भुवनकुमार मल्लसहित २५ जना विभिन्न नेता कार्यकर्ताले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मुखैमा एमाले परित्याग गरेका छन् । मल्लसहित संगठित सदस्य सोमलाल तामाङ्ग, कृष्णबहादुर मल्ल, नवराज लम्साल, सरिता तामाङ्गसहित २५ जना एमाले छोड्दै कांग्रेस प्रवेश गरेका हुन् ।

लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट काभ्रेपलाञ्चोक प्रतिनिधि सभा क्षेत्र नं २ का साझा उम्मेदवारसमेत रहेका नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व सांसद शिवप्रसाद हुमागाईले टीका लगाएर उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।

एमालेमा व्यक्तिवादी र हैकमवादी प्रवृत्ति हाबी भएको, एमाले प्रतिनिधि सभा सदस्य उम्मेदवार गोकुलप्रसाद बाँस्कोटा भ्रष्टाचारमा लिप्त भएको, ७० करोड टेप प्रकरणमा मुछिएको, कार्यकर्तालाई रुखो बोलेर हेप्नेसमेत गरेकाले भ्रष्टाचारमा लिप्त बाँस्कोटालाई जिताउन मन नलागेर एमाले परित्याग गरेको उनीहरुले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर