Nepali Unicode | Preeti to Unicode

संयुक्त राज्य अमेरिकाको न्यूयोर्कको राज्यसभामा चुनावमा नेपाली मुलकी सरहाना श्रेष्ठले चुनाव जितेकी छिन् ।

मंगलबार भएको चुनावमा उनले रिपब्लिकन पार्टीका उम्मेदवार प्याट्रिक सिहानलाई हराउँदै चुनाव जितेकी हुन । श्रेष्ठले ३५ हजार ४ सय ९३ मत ल्याएर चुनाव जितेकी हुन् ।

श्रेष्ठ सन् २००१ मा अमेरिका गएकी थिइन् । उनले सन् २०१९ मा अमेरिकी नागरिकता लिएकी थिइन् । श्रेष्ठ डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिका पार्टीको मिड हड्सन उपत्यका च्याप्टरको उपाध्यक्ष पनि हुन् ।

श्रेष्ठ ‘न्याय र जलवायु परिवर्तन’ का क्षेत्रमा सक्रिय रहेकी छिन् । पार्टीको आन्तरिक प्रतिस्पर्धामा १३ पटक चुनाव जितिसकेका व्यक्तिलाई हराउँदै उनी उम्मेदवार बनेकी थिइन् । उनी अमेरिकामा ग्राफिक्स डिजाइनरको काम गर्दै आएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर