अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी पुसमा सुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने क्लबलाई दिने तयारी खर्च बढाएको छ ।
एन्फाले सोमबार ‘ए’ डिभिजन लिगका क्लबसँगको छलफलका क्रममा तयारी खर्च १० लाख रुपैयाँ बढाउने बताएको हो ।
अब लिगका तयारीका लागि ‘ए’ डिभिजन क्लबले ३२ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने एन्फा प्रवक्ता सुरेश साहले बताए । गत वर्ष सहभागी हरेकले २२ लाख ५० हजार रुपैयाँ तयारी खर्च पाएका थिए ।
ए डिभिजन लिग पुस २६ गतेदेखि सुरु गर्ने र डबल लिगका आधारमा गर्ने एन्फाले यसअघि नै निर्णय गरिसकेको छ ।
लिगको विजेताले ७५ लाख रुपैयाँ, उपविजेताले ५० लाख र तेस्रो हुनेले २५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
