नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को चुनावमा एकल बहुमत ल्याउने बताएका छन् । मंगलबार पोखरामा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले निर्वाचन पछि एमाले कांग्रेस भन्दा धेरै ठूलो पार्टी बन्ने बताएका छन् ।
उनले भने ‘अहिले के के नामको सर्भेमा एमालेलाई कांग्रेसको हाराहारीमा सिट ल्याउने देखाउन खोजिएको छ । कांग्रेसको जति भोट ल्याउँछ एमालेले भन्ने इम्प्रेसन पार्न खोजिएको छ । तर, नेकपा एमाले कांग्रेसको हाराहारीमा होइन, सानो मार्जिनले होइन, अत्याधिक बहुमतले सबभन्दा अगाडि हुन्छ ।’
एमालेले एकल बहुमत ल्याए पनि अहिले तालमेल गरेका दलहरूलाई सरकारमा सामेल गर्ने ओलीको भनाइ छ ।
