पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानमा अग्रता बढाएको छ । आइतबार भएको खेलमा पीएसजीले लोरीएन्ट एफसीलाई पराजित गर्दै अग्रता बढाएको हो । जितसँगै पीएसजीले १४ खेलमा ३८ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको लेन्ससँग ३३ अंक छ ।
पीएसजीको २– १ गोल अन्तरको जितका लागि खेलको नवौं मिनेटमा नेयमारले गोल गरेका थिए ।खेलको ५३ औं मिनेटमा टेरिम मोफीले गोल गर्दै लोरीएन्टलाई १– १ गोलको बराबरीमा ल्याए । खेलको ८१ औं मिनेटमा नेयमारको पासमा डानिलो पेरिएराले गोल गर्दै पीएसजीलाई २– १ को जित दिलाए । पीएसजीसँग पराजित लोरीएन्ट २७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
