टी–२० विश्व कप क्रिकेटमा पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । एडिलेडमा भएको खेलमा बङ्लादेशलाई पाँच विकेटल हराउँदै पाकिस्तान सेमिफाइनलमा पुगेको हो ।
बङ्लादेशले दिएको १ सय २८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर एक बलमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि मोहम्मद रिजवानले ३२ र मोहम्मद हरिसले ३१ रन बनाए ।
यसअघि टस जितेर ब्याटिङ गरेको बङ्लादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन बनायो ।
उसका लागि नज्मुल हुसेन सान्तोले ५४ रन बनाए । बलिङतर्फ साहिन अफ्रिदीले चार विकेट लिए । यसअघि भारत सेमिफाइनलमा पुगिसकेको छ ।
