Nepali Unicode | Preeti to Unicode

स्पेनिस क्लब बार्सिलोनामा डिफेन्डर जेरार्ड पिके अब फुटबल मैदानमा देखिने छैनन् । शनिबारबाट उनले व्यावसायीक फुटबलबाट सन्यास लिएका छन् । ला लिगा फुटबलमा बार्सिलोनाबाट  उनले शनिबार अन्तिम खेल खेले । बार्सिलोनाकाे जितसँगै उनी विदा भए । बार्सिलोनाले अल्मेरियालाई २–० ले हराएको थियो ।

३५ वर्षीय डिफेन्डर पिकेले बिदाइ खेलमा पिकेले ८४ मिनेट मैदानमा बिताएका थिए । खेलपछि उनलाई सम्मान पनि दिइयो । बिदाइमा भावुक बनेका उनले आफु बार्सिलोनामा जन्मिएको र बार्सिलोनामै मर्ने बताए ।

पिकेको विदाई खेलमा जित निकाल्न बार्सिलोनाका लागि  ओसुमाने डेम्बेले र फ्रान्की डी जोङले एक एक गोल गरेका थिए । खेलको ४८ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । ६२ औं मिनेटमा जोङले गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाए ।

अन्तिम खेलमा अल्मेरियाविरुद्ध पिकेलाई नै कप्तानीको जिम्मेवारी प्रदान गरिएको थियो । नोउ क्याम्पबाट हजारौं समर्थकको बीचमा क्लबले सुखद् बिदाई गरेको थियो ।

सन् २००९ देखि २०१८ सम्ममा पिकेले स्पेनका लागि १०२ क्याप जित्दा ५ अन्तर्राष्ट्रिय गोल गरेका थिए  । बार्सिलोनाको एकेडेमीकै हुर्किएका पिकेले २००४ देखि २००८ सम्म इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेले ।

उनले बार्सिलोनामा ८ ला लिगा, ७ कोपा डेल रे, ६ सुपर कोपा, ३ च्याम्पियन्स लिग, ३ युइएफए सुपर कप र ३ फिफा क्लब विश्वकप जितेका छन् ।

युनाइटेडबाट   एक पटक प्रिमियर लिग, कम्युनिटी शिल्ड र च्याम्पियन्स लिग जितेका छन् । स्पेनबाट विश्वकप र युरो कप जितेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर