Nepali Unicode | Preeti to Unicode

इटालियन सिरी‘ए’ फुटबल लिगको दोस्रो स्थानमा एसी मिलान पुगेको छ । घरेलु मैदानमा २–१ को  रोमाञ्चक जित निकाल्द मिलान दोस्रो स्थानमा उक्लिएको हो ।  मिलानले स्पेजियालाई २–१ ले पराजित गरेको हो ।

मिलानको जितमा थियो हर्नान्डेज र ओलिभर जिरुउडले गोल गरे । स्पेजियाका ड्यानियल माल्दिनीले एक गोल फर्काए ।

खेलको २१औं मिनेटमा थियो हर्नान्डेजको गोलबाट मिलानले सुरुवाती अग्रता लिएको थियो । ५९औं मिनेटमा ड्यानियल माल्दिनीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

८९औं मिनेटमा ओलिभर जिरुउडले सान्द्रो टोनालीले गोल गर्दै मिलानलाई २–१ को जित सुनिश्चित गरे । गोल गरेको एक मिनेटपछि नै जिरुउड दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।   जितसँगै मिलान १३ खेलबाट २९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।   स्पेजिया ९ अंकसहित  १७औं स्थानमा छ ।

सिरी‘ए’ को अर्को खेलमा नापोलीले एटलान्टालाई २–१ ले हराएको छ । जितसँगै नापोलीले दोस्रो स्थानमा रहेको मिलानसँगको अंक दुरी बढाएको छ । शीर्ष स्थानमा रहेको नापोलीले  १३ खेलबाट ३५ अंक जोडेको छ । पराजित भएकाे एटलान्टा २७ अंक सहित तेस्राे स्थानमा छ ।

शनिबार राति नै भएकाे खेलमा  इम्पोलीले ससुलोलाई १–० पराजित गर्दा उडिनेस र लिसले १–१ गोल र सालेरनिटना र क्रेमोन्सेले २–२ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर