साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपाल जित निकालेको छ । घरेलु टोली बंगलादेशलाई शनिवार १–० ले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको छ ।
ढाकास्थित बीएसएसएसएमके स्टेडियममा भएको खेलमा वर्षा ओली नायक बन्दा नेपालले घरेलु टोलीलाई पराजित गर्दै ३ अंक जोडेको हो । खेलमा वर्षाले ८७ औं मिनेटमा गोल गरेकी थिइन् ।
सिमरन राईको लामो फ्रिकिकमा पेनाल्टी बक्सभित्रबाट वर्षाले गोल गरेकी हुन् । लगातार दोस्रो जितपछि नेपालले ६ अंक जोडेको छ र शीर्ष स्थानमा छ । वर्षा ओलीको चार गोल मद्दतमा नेपालले पहिलो खेलमा भुटानलाई ७–० ले पराजित गरेको थियो ।
भुटानलाई पहिलो खेलमा ८–० ले पराजित गरेको बंगलादेशको भने यो पहिलो हार हो । नेपालले अर्काे खेल बुधबार भुटानसँग खेल्नेछ । यस्तै अन्तिम खेल आउने शुक्रबार बंगलादेशसँग खेल्नेछ ।
