च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ मा पुग्ने टोलीको टुङ्गो लागेको छ । समूह चरणको खेल सकिएपछि नकआउट चरणका टोलीको टुङ्गो लागेकोहो ।
बुधबार राति भएको अन्तिम खेलहरुसँगै समूह चरणको खेलहरु सकिएको हो । आठ समूहबाट समूह विजेता र उपविजेता गरि १६ टोलीले नकआउट चरणमा स्थान बनाएका छन् ।
रियल मड्रिड, बायर्न म्युनिख, चेल्सी, म्यानचेस्टर सिटी, बेन्फिका, नापोली, पोर्टो र टोटेनहमले समूह विजेताको रुपमा नकआउट चरणमा स्थान बनाएका छन् ।
लिभरपुल, एसी मिलान, पेरिस सेन्ट जर्मेन, इन्टर मिलान, बोरुसिया डर्टमण्ड, आरबी लाइपजिग, फ्रान्कफुर्ट र क्लब ब्रुगले उपविजेताको रुपमा नकआउट चरणमा स्थान बनाएका हुन् ।
नकआउट चरणको ड्र नोभेम्बर ७ गते हुनेछ ।
