भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व अर्थतन्त्रमा भारत उदाउँदो नक्षत्रको रूपमा भएको टिप्पणी गरेका छन् । इन्भेष्ट कर्नाटक समिट २०२२ मा बुधवार भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् ।
‘सम्पूर्ण विश्वले विभिन्न समस्याबाट गुज्रिरहेको बेला भारतलाई एउटा उज्यालो ठाउँको रूपमा हेर्छ। हाम्रो अर्थतन्त्रका आधारभूतहरूलाई बलियो बनाउने हाम्रो पहलका कारण यो सम्भव भएको हो ‘ मोदीले भने।
मोदीले भारतले विदेशी लगानी बढाउन कानुन संशोधन गरेको समेत स्मरण गराए । उनले भने, ‘भारतमा लगानी बढाउन हामीले देशका कानुनलाई अप्ठ्यारो बनाउनुको सट्टा सरल बनाएका छौँ, जसको परिणामस्वरूप विश्वका विभिन्न देशका व्यवसायीहरूको हाम्रो देशमा पुँजी लगानी गर्ने उत्साह बढेको छ । देशका लगानीकर्ताका अगाडि अवसर र फाइदाको रातो कार्पेट बिछ्याएको छ ।
