Nepali Unicode | Preeti to Unicode

कात्तिक १६ गते । गृहमन्त्री बालकृष्ण खाणले बर्तमान ब्यबस्थाप्रति केही असन्तुष्टि जाहेर गर्दै मुलधारको राजनीतिभन्दा बाहिर रहेका दललाई पनि राष्ट्रिय राजनीतिको मुलधारमा ल्याउन सरकारले पहल गरिरहेको बताउनुभएको छ । असन्तुष्टि जाहेर गर्ने अधिकार सवै नागरिक र दललाई भए पनि निर्वाचन विथोल्ने अधिकार कसैलाई नभएको उहाँको भनाइ छ ।

बुटवलमा आयोजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उहाँले कुनै दल वा समूहका नाममा निर्वाचन खल्बलाउने र जनताले आफ्ना नेता चुन्ने अधिकार खोसिदिने अधिकार नभएको भन्दै मुलधारको राजनीतिमा आउन समेत आग्रह गर्नुुभयो । ‘हामी मिल्नेसम्म लचक भएर असन्तुुष्ट दलसँग सम्वाद र छलफल गरिरहेका छौं” उहाँले भन्नुुभयो, “कतिपय मागहरु ऐन संशोधनबिना सम्वोधन गर्न सकिदैन । सरकारले ऐन तर्जुमा गरेर भए पनि जायज माग सम्वोधन गरी असन्तुुष्ट समूहलाई मुलधारमा ल्याउने प्रयत्न भइरहेको छ ।’

गृहमन्त्री खाणले यो कुनै दल वा नेतालाई जिताउने र हराउने निर्वाचन मात्रै नभएर प्राप्त अधिकारको संरक्षण गर्ने र नागरिकको जीवनस्तर बदल्ने अभियान भएको बताउनुुभयो । ‘जनताले आफ्नो अधिकार प्रयोग गरेर आफूले चाहेको दल र नेता जिताउने र उनीहरुको माध्ययमबाट प्राप्त अधिकार संरक्षण गर्ने, विकासको ढोका खोल्ने र जीवनस्तर फेर्ने अवसर हो’ उहाँले थप्नुभयो, ‘कुनै दल वा समूहलाई निर्वाचन विथोल्ने र नागरिकको अधिकार खोस्ने अधिकार छैन ।’

सरकार भयरहित, शान्तिपूर्ण, स्वतन्त्र र भयरहित निर्वाचन गराउन प्रतिवद्ध भएको बताउँदै त्यसअनुसार जुट्न सुरक्षाकर्मीलाई उहाँले आग्रह गर्नुुभयो । ‘सबै नागरिक सुरक्षित होउन् । ढुक्कसँग मतदान स्थलसम्म पुगेर आफूले रोजेको व्यक्तिलाई मतदान गरेर फर्कन सक्ने वातावरण बनाउनुपर्छ,’ गृहमन्त्री खाणले भन्नुुभयो, ‘सुरक्षा व्यवस्थापनमा कुनै कसर बाँकी राखिदैन ।’

गृह मन्त्रालय र आन्तरिक मामिला, कानुन तथा संचार मन्त्रालय लुम्बिनी प्रदेशले आयोजना गरेको सुरक्षा गोष्ठीमा प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख ससस्त्र, नेपाली सेना र अनुसन्धानका अधिकारी सहभागी हुनुहुन्थ्यो । दिनभरी सुरक्षा छलफल गरेर सुरक्षा योजना बनाउने प्रदेशका आन्तरिक मामिला सचिव कोमलप्रसाद धमलाले जानकारी दिनुुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर