आसन्न निर्वाचनका लागि प्रतिपक्षी गठबन्धनको नेतृत्वकर्ता नेकपा एमालेले आज (मंगलबार) चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ।
सत्ता गठबन्धनका प्रमुख दलहरुले घोषणापत्र सार्वजनिक गरिसकेपछि एमालेले मंगलबार आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो। एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले आगामी ५ वर्षमा गर्न सकिने कामका योजना समेटेर मंगलबार घोषणापत्र जारी गर्न लागिएको जानकारी दिए । ‘हामी जे गर्न सक्छौँ, त्यो भन्न सक्छौँ। हामी जे भन्न सक्छौँ, त्यो गर्न सक्छौँ। हामी आगामी पाँच बर्षमा के–के गर्न सक्छौँ? दीर्घकालीन रुपमा देशलाई कसरी अगाडि बढाउन सक्छौँ? नेकपा (एमाले)ले आज घोषणापत्रमार्फत् समृद्धिको मार्गचित्र सार्वजनिक गर्दैछ,’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन्।
