Nepali Unicode | Preeti to Unicode

आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ ।

आइतबार नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै पाकिस्तानले पहिलो जित निकालेको हो ।

नेदरल्यान्ड्सले दिएको ९२ रनको लक्ष्य पाकिस्तानले १३ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्याे । पाकिस्तानका लागि मोहमद रिजवानले ४९ रनको योगदान दिए ।

यस्तै फखर जमानले २० तथा कप्तान बाबर आजमले ४ रन बनाए । शान मसुद १२ रनमा आउट भए । नेदरल्यान्ड्सका ब्रान्डन ग्लोभरले २ तथा पाउल भानले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर ९१ रन जोडेको थियो । नेदरल्यान्ड्सका लागि कोलिन एकरम्यानले सर्वाधिक २७ रन जोडे । कप्तान स्कट एडवार्डले १५ रन बनाए ।

पाकिस्तानका शादब खानले ३ तथा मोहमद वासिमले २ विकेट लिए । जितसँगै पाकिस्तानले ३ खेलमा २ अंक जोडेको छ ।

समूह २ मा रहेको पाकिस्तान पाँचौं स्थानमा रहेको छ । अंक विहीन नेदरल्यान्ड्स पुछारमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर