नेपाली काङ्ग्रेसले आज आइतबार साँझ घोषणा पत्र सार्वजनिक गर्दैछ । काङ्ग्रेसले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।
साँझ ५ बजे घोषणापत्र सार्वजनिक गर्ने तय भएको कांग्रेको सचिवालयले जनाएको छ ।काङ्ग्रेस सहमहामन्त्री एवं चुनावी घोषणापत्र लेखन समिति सदस्य जीवन परियारका अनुसार प्रधानमन्त्री एवं काङ्ग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले प्रधानमन्त्री निवास वालुवाटारबाट घोषणापत्र सार्वजनिक गर्ने तयारी भएको छ ।
