गृहमन्त्री बालकृष्ण खाणले सक्षम प्रहरी संगठनका लागि आवश्यक तालिम दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
आइतवार प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
गृहमन्त्री खाणले तालिमका बेला बगाएको पसिनाले आउने दिनमा देशमा आइपर्ने समस्याको समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले तालिममा सिकेका सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरुलाई परिणाममुखी बनाउन सफल हुने विश्वास समेत व्यक्त गरे ।
गृहमन्त्री खाणले कानुनी राज्यको स्थापनाका लागि दृढ रहन प्रहरी संगठनलाई निर्दशनसमेत दिए ।
खाणले आफ्ना जिम्मेवारीहरुलाई पूर्ण पालना गरी कानुनी राज्यको प्रत्याभुति दिन प्रहरी जवानहरुलाई निर्देशन दिए ।
गृहमन्त्री खाणले प्रविधिबाट सिर्जित नवीन समस्याको समाधान प्रविधिमैत्री प्रहरी प्रविधिले सुसज्जित श्रोत, साधनले मात्र सम्भव हुने भन्दै प्रविधिमैत्री प्रहरीलाई अनुकुल हुने वातावरण निर्माणका लागि श्रोत, साधनको व्यवस्थापनमा सरकार प्रतिबद्ध रहेको बताए ।
