Nepali Unicode | Preeti to Unicode

नेपाली कांग्रेसकी नेता एवम् पूर्वसांसद मैयादेवी श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ । दानवीरका रुपमा चिनिएकी श्रेष्ठको गएराति १ः१० बजे उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भएको चितवन कांग्रेसका सभापति राजेश्वर खनालले जानकारी दिए ।

श्रेष्ठको पार्थिव शरीरलाई आज बिहान ९:३० देखि १० बजेसम्म नेपाली कांग्रेस चितवनको पार्टी कार्यालयमा र १० बजेपछि केहीबेर उनले स्थापना गरेको मैयादेवी कलेज परिसरमा श्रद्धाञ्जलीका लागि राखिने चितवन कांग्रेसका अध्यक्ष खनालले बताए । त्यसपछि श्रेष्ठको शव दाहसंस्कारका लागि देवघाट लगिने  उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर