Nepali Unicode | Preeti to Unicode
 BREAKING
अमेरिकी राष्ट्रपति ट्रम्पको आन्तरिक विद्रोह: राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धविरुद्ध राजीनामा दिएपछि ठूलो हंगामा! | प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै | इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) |

अमेरिकी विदेशमन्त्री माइक पम्पिओ र रक्षामन्त्री मार्क इस्परले एकसाथ भारत भ्रमण गरे । पम्पिओ श्रीलंका र मालदिभ्स समेत पुगे । ती दुई देशप्रति अमेरिकी चासो प्रकट भएको छ ।

पम्पिओ भारत, श्रीलंका र मालदिभ्सको भ्रमणमा पुगेपनि नेपाल आएनन् । यसलाई दृष्टिगत गरी राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले गम्भीर टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो देश विश्व क्षेत्रीय सामरिक राटारबाटै हराउने हो कि भन्ने चिन्तामा पो छु ! हाम्रो आँगन जत्रो मालदिभ्स र रुआण्डामा शक्तिराष्ट्रका नेता आइरिने तर हामीकहाँ खै ?’

यसअघि भारतीय गुप्तचर निकाय रअका प्रमुख सामन्त गोयलले विशेष विमानबाट नेपाल आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको खुबै चर्चा चलेको थियो । बाबुरामले यसले पाएको चर्चालाई रोइलो चलिरहेको टिप्पणी समेत गरे । अमेरिकी अधिकारीहरु भारत आएर नेपाल नआउनु र त्यसभन्दा अघि रअका प्रमुख गोयल आउनुलाई भने अर्थपूर्ण मानिएको छ ।

अमेरिकाले नेपाल नीतिलाई भारतको आँखीझ्यालबाट हेर्ने गरेको त होइन ? यो विषय फेरि उठेको छ । अमेरिकाले एशियामा चीनको शक्तिलाई काउन्टर दिन भारतसँग हातेमालो गरेको छ । महत्वपूर्ण प्रतिरक्षा सम्झौता गरेको छ । यतिसम्मकी दक्षिण एशियाका कतिपय देशहरुलाई कित्ता स्पष्ट पार्न भनेको विषयहरु चिनियाँ पक्षबाट आइरहेको छ । चीनले यसको विरोध गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल विश्व मञ्चमा पखेंटा फिजाएर उड्नसक्ने अवस्थामा पुगेको टिप्पणी गरेको केही वर्ष भएको छ । उनले वासिङ्टनमा अमेरिकी विदेशमन्त्री माइक पम्पिओलाई भेटेपछि सम्बन्धको नयाँ अवस्थाबारे व्याख्या गरेका थिए । अमेरिकासँग नेपालको सिधा र प्रगाढ सम्बन्धको विषय उठाएका थिए । तर, यतिबेला अमेरिकाले भने नेपाललाई खासै महत्व नदिएको हो कि भन्ने प्रश्न उठेको छ । बरु वर्तमान सरकारमाथि अमेरिका र भारतबीचको एलाइन्स बनेपछि कसरी प्रस्तुत हुने चुनौती बढेको छ । चीनसँग निकै निकटता बढाइरहेको ओली सरकारमाथि नयाँ दबाब सृजना भएको टिप्पणीहरु हुनथालेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय