Nepali Unicode | Preeti to Unicode

निर्वाचन आयोगले आगामी ९ कात्तिकमा समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्ने भएको छ।

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका र प्रदेशसभा समानुपातिक निर्वाचन निर्देशिकाअनुसार दाबी विरोध गर्ने समय समाप्त भएपछि कुनै उम्मेदवारको सम्बन्धमा दाबी विरोध परेमा त्यसको आवश्यक जाँचबुझ र निर्णयसमेत गरी ९ कात्तिक अन्तिम बन्द सूची प्रकाशन गर्ने आयोगले जनाएको छ।

उम्मेदवारको अन्तिम बन्द सूची प्रकाशन गर्दा दलले पेस गरेको बन्द सूचीमा रहेको क्रमसमेत खुलाई सम्बन्धित समावेशी समूहको उम्मेदवारको नाम क्रमबद्ध प्रकाश गरिने भएको छ। यस्तै, आयोगले उम्मेदवारको अन्तिम बन्द सूची प्रमाणित गरी सम्बन्धित दललाई बुझाउने छ।आयोगले गत १६ असोजमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रदेश र प्रतिनिधिसभा उम्मेदवारको बन्द सूची बुझाउने मिति तोको थियो । त्यसपछि पनि आयोगले बन्द सूचीमा भएका नाम सच्याउन, उम्मेदवारी फिर्ता लिन, उम्मेदवार विरुद्ध परेको दाबी विरोधको निरूपण लगायतका काम गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर