Nepali Unicode | Preeti to Unicode

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले पद, पैसा र पहुँचबाट निर्वाचन प्रभावित हुन नहुने बताएका छन् ।

फेसबुकको मातृ कम्पनी मेटाले आज पत्रकारहरूका लागि आयोजना गरेको भर्चुअल तालिलमा उनले भने, ‘ निर्वाचन पद, पैसा र पहुँचले प्रभावित हुनुहुँदैन, निष्ठा विचार र सिद्धान्तबाट निर्देशिन हुनुपर्छ भन्ने मान्यता स्थापित गरौँ । दोस्रो– निर्वाचनको स्वच्छताको लागि सामाजिक सञ्जालको व्यवस्थित उपयोग गरौँ । यी दुवै विषय निर्वाचनको निष्ठासँग जोडिएका विषय हुन् ।’

निर्वाचनको व्यवस्थापन र सञ्चालनका लागि आयोगले सामाजिक सञ्जालको प्रयोगसम्बन्धी नीति अवलम्बन गरेको प्रमुख आयुक्त थपलियाले बताए ।

सामाजिक सञ्जालको उपयोगद्वारा निर्वाचनसम्बन्धी तथ्यहीन, गलत, भ्रामक र अनुमानित निर्वाचन आचारसंहिता विपरीत सूचना वा जानकारी सम्प्रेषण तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट हुन सक्ने सम्भावित मिथ्या सूचना, दुुष्प्रचार, सूचना तोडमोड र द्वेषपूर्ण अभिव्यक्तिको नियमनद्वारा निर्वाचनको विश्वसनीयता र निष्पक्षता जोगाउन उनले जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर