Nepali Unicode | Preeti to Unicode

त्रिभुवन आर्मी क्लब ९ स्वर्ण जित्दै जुडोको च्याम्पियन बनेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत १५ स्पर्धामा भएको प्रतियोगितामा आर्मीले ९ स्वर्ण जितेको हो ।

बिहिबार भएको खेलमा आर्मी क्लबले जुडोको मिक्स टिम इभेन्टमा पनि स्वर्ण पदक जितेको छ । मिक्स टिम इभेन्टमा एपीएफलाई पराजित गर्दै आर्मीले स्वर्ण पदक जितेको हो ।

पराजित भएसँगै एपीएफ रजतमा सिमित भएको छ । वाग्मती प्रदेश र प्रदेश नम्बर १ ले कांस्य पदक जिते ।

मिक्स टिम इभेन्टमा जुरीको निर्णायक अस्वीकार गर्दै लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबले म्याट छाडेका थिए । विवाद समाधान नभएपछि यी दुई टिमले खेल छाडेका छन् । जुडो संघले भने दुवै टिमलाई अयोग्य ठहर गरेको छ ।

आर्मीले ९ स्वर्ण, ६ रजत र ३ कांस्य पदक जितेको छ भने दोस्रो स्थानमा रहेको नेपाल पुलिसले ६ स्वर्ण, ३ रजत र ८ कांस्य पदक प्राप्त गरेको छ । बागमती प्रदेशले २ रजत र ७ कांस्य पदक जित्दा लुम्बिनी प्रदेशले १ रजत र ३ कास्य जितेको छ ।

मधेश प्रदेशले १ रजत र २ कास्य जितेको छ । एपीएफले १ रजत, १ कास्य जितेको छ । प्रदेश नम्बर १ ले ३ कांस्य जितेको हो । सुदूरपश्चिम प्रदेशले २ कांस्य पदक जितेको छ भने कर्णाली प्रदेश र एनआरएनएले १–१ कांस्यमा चित्त बुझाएका छन् ।

घरेलु मैदानमा भएको प्रतियोगताको जुडोतर्फ गण्डकी प्रदेशले भने पदकको खाता खोल्नै सकेन ।

प्रतिक्रिया

सम्बन्धित खवर