Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

हुम्ला, कार्तिक १४ । जिल्लाको सिमकोट गाउँपालिका–४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा बिहीबार दिउँसो भीषण आगलागी भएको छ । चेला वनबाट शुरु भएको आगो सिङमच्छिउ सामुदायिक वन हुँदै बल्देजुडासम्म पुगेको त्यहाँका स्थानीयवासीले बताएका छन् ।

बिहीबार दिउँसो १२ बजेतिर लागेको आगो प्रहरी र स्थानीयवासीको सहयोगमा साँझतिर नियन्त्रणमा आएको थियो । खुक्खा मौसम शुरु भएसँगै हुम्लामा आगलागीका घटना शुरु हुन थालेका छन् ।

उक्त सामुदायिक वन २०५२ सालदेखि संरक्षण गरेर राखेको सिमकोट–४ का वडाध्यक्ष छविचन्द्र लामाले बताए । सामुदायिक वनमा आगलागी हुँदा हजारौँको सङ्ख्यामा रहेका विभिन्न जातका वनस्पतीसँगै वनमा रहेका चराचुरुङगी, जङ्गली जनावर समेत केही जलेर नष्ट भएको वडाध्यक्ष लामाले बताए । लामो समयसम्म जोगाएर राखेको वन क्षेत्रमा लाखौँका सल्लो, धुपी, उत्तिसलगायत जडिबुटीका बिरुवा जलेर नष्ट भएका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय