Nepali Unicode | Preeti to Unicode

स्पेनिस ला लिगा फुटबल लिगमा रियल म्याड्रिडले इल्चेलाई ३–० ले पराजित गरेको  छ ।  भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर)बाट तीन गोलले मान्यता नपाएको खेलमा रियल म्याड्रिडले ३–० को सानदार जित निकालेको हो ।

रियलको जितमा फेडे भाल्भेर्डे, करिम बेन्जेमा र मार्को एसेन्सियाले गोल गरे ।  बुधबार राति इल्चेको घरेलु मैदानमा भएको खेलको छैटौं मिनेटमा करिम बेन्जेमाले गोल गरेपनि भिएआरमा अफसाइड देखाएको थियो । ११औं मिनेटमा भाल्भेर्डेले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए ।

२६औं मिनेटमा डेभिड अलाबाले गरेको गोलले मान्यता पाएन् । ६१औं मिनेटमा करिम बेन्जेमाले गरेको गोलले पनि मान्यता पाएन् । बेन्जेमाले ७५औं मिनेटमा गोल गर्दै  रियलको अग्रता दोब्बर पारे । मार्को एसेन्सियोले गोल गर्दै रियललाई सानदार जित दिलाए । ८०औं मिनेटमा भिनिसियस जुनियरको स्थानमा मैदान छिरेका उनले मैदान प्रवेश गरेको ९ मिनेटमा गोल गरेका थिए ।

जितसँगै रियलले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ । रियलको १० खेलबाट २८ अंक जोडेको छ । एक खेल कम खेलेको बार्सिलोनाले २२ जोडेको छ ।  रियल सोसिडाड २२ अंकसहित तेस्रो स्थानमा छ ।

 ला लिगामा गएराति नै भएको खेलमा रियल सोसिडाडले मलोर्कालाई १–०, रियल भालाडोलिडले सेल्टा डि भिगोलाई ४–१ ले पराजित गर्दा क्याडिज र रियल बेटिसले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर