Nepali Unicode | Preeti to Unicode

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनलाई सामान्य रुपमा आफूहरुले सामान्य रुपमा नलिएको बताएका छन्।

बुधवार बिहान प्रेस सेन्टर ललीतपुर शाखाले आयोजना गरेको अन्तर्क्रिया कार्यकममा बोल्दै प्रचण्डले माओवादीलाई चौतर्फी घेराबन्दी र बदनाम गरेर राजनीतिक रुपमा प्राप्त उपलब्धिहरुलाई उल्टाउने खेल भइरहेको आरोप लगाए । माओवादी कमजोर भए राजनीतिक उपलब्धि गुम्ने खतरा रहेको जिकिर गर्दै प्रचण्डले माओवादी बलियो भए मात्रै अग्रगमन अगाडि बढ्ने अवस्था रहेको दाबी गरे ।

प्रचण्डले मङ्सिर ४ को निर्वाचनलाई अग्रगमनका पक्षधर र विरोधी शक्तिबीचको संघर्षको रूपमा चित्रण गरे । उनले सत्तारुढ गठबन्धन अग्रगमनको पक्षधर भएको दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर