नेत्रविक्रम चन्द विप्लव नेकपाको नवौं महाधिवेशनबाट पुनः महासचिव चयन भएका छन् । कपिलवस्तुमा आयोजित महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति बनाएको छ । ४५ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य पनि चयन भएका छन् ।
महाधिवेशनका निर्णयहरु काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने केन्द्रीय कार्यालय सचिव असल क्षेत्रीले जानकारी दिए । नवौं महाधिवेशन गत असोज २५ गतेदेखि विप्लवको गृहक्षेत्र कपिलवस्तुको शिवगढीमा आयोजना गरिएको थियो ।
महाधिवेशनले ‘एकीकृत जनक्रान्तिको विचार’लाई नयाँ उचाइमा पुर्याउने लक्ष्य कार्यदिशालाई निरन्तरता दिएको छ ।
