Nepali Unicode | Preeti to Unicode

प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थपको तयारी गरिएको छ । त्यसका लागि उनलाई आज जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको छ ।

असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि यसअघि असोज २४ र २७ गते अनुसन्धानका लागि म्याद थप गरिएको थियो । पछिल्लो पटक असोज २७ गते अदालतले प्रहरीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

लामिछानेमाथि १७ वर्षीया किशोरीले भदौ २१ गते बलात्कार आरोपमा प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर