Nepali Unicode | Preeti to Unicode

आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक बन्द सूचीमा रहेका ४ सय ३९ जनालाई निर्वाचन आयोगले जरिवाना तोकेका छ । उनीहरुले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने भएको छ ।

स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले ५ कात्तिकसम्मको समय दिएको हो । संसदीय निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएका त्यस्ता ४ सय ३९ उम्मेदवारले जरिवाना बुझाउनुपर्ने भएको हो । जरिवाना नबुझाए उम्मेदवारको नाम बन्दसूचीबाट हट्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर