Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

ताप्लेजुङ, कात्तिक १४ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९, हाङ्देवाको बुङ्कुलुङमा सञ्चालनमा ल्याइएको होमस्टे (घरबास)मा पाहुना आउन थालेका छन् । पर्यटकीय क्षेत्र सुकेटार नजिक बुङ्कुलुङमा भर्खरै सञ्चालनमा आएको करुणा सामुदायिक होमस्टेमा पाहुना आउन थालेका हुन् ।
औपचारिक रूपमा उद्घाटन (सुरुवात) नहुँदैदेखि होमस्टेमा पाहुनाको आगमन हुन थालेको सञ्चालकले जनाएका छन् । स्थानीय क्रियटिभ ब्रदर्स प्रालि नामक संस्थाको अगुवाइमा सुरु गरिएको होमस्टेमा दशैँ सुरु भएयता पाहुना आउन थालेका संस्थाका प्रोप्राइटर पासाङरिता शेर्पाले जानकारी दिनुभयो ।
दशैँ बिदामा पाथीभराको दर्शन गर्न तथा ताप्लेजुङ घुम्न आएका कतिपय पर्यटक वा पाहुना होमस्टेमा बसेर फर्कने गरेका होमस्टे सञ्चालक निमाक्रिक्या शेर्पाले बताउनुभयो । कोभिड–१९ को महामारीले असहज समय भए पनि सीमित सङ्ख्यामा ताप्लेजुङ भ्रमणमा आउने पर्यटक होमस्टेमा बास बसेर फर्कन थालेका शेर्पाले जानकारी दिनुभयो । सुरुमै होमस्टेप्रति पाहुनाको आकर्षणले सहज परिस्थिति भएको अवस्थामा पाहुनाको खचाखच हुनसक्ने सञ्चालकले आकलन पनि गर्न थालेका छन् ।
विदेशी पर्यटकलाई समेत आकर्षित गर्ने योजनाका साथ घरको बासबाहेक छुट्टै कटेज तथा पाहुना घर निर्माण गरिएकाले पर्यटक आकर्षित भएका पाइएको छ । हाल पूर्वी नेपालको झापा, मोरङ, सुनसरी, इलामबाट पाथीभरा दर्शन गर्न र ताप्लेजुङको भ्रमणमा आउने होमस्टेमा पुग्ने गरेका सञ्चालक सदस्य पासाङरिता शेर्पाले बताउनुभयो ।
भोटेगाउँको नाउले चिनिने बुङ्कुलुङ बस्ती सदरमुकाम फुङ्लिङ बजारदेखि पनि नजिकै पर्दछ । फुङ्लिङ बजारदेखि करिब आधा घण्टामा सवारी साधनमार्फत र सवा एक घण्टाको पैदल यात्रा गरी पुग्न सकिने बुङ्कुलुङ पर्यटकीय दृष्टिकोणले रमणीय र सुन्दर तथा आकर्षक गाउँ पनि हो । शेर्पा समुदायको मात्र बसोबास रहेको सुन्टर तथा रमणीय गाउँ भएकाले पनि सामुदायिक होमस्टेमा आन्तरिक पाहुनाको उपस्थिति बाक्लिँदै गएको पाइएको छ ।
तत्कालका लागि स्थानीय १२ वटा घरमा होमस्टे सेवा सञ्चालनमा ल्याइएको छ । होमस्टेको विशेषताअनुसार कोदो, जौ, उवा, पात्ले सिस्नु, आलुसहित अर्गानिक स्थानीय उत्पादनका परिकारलाई मुख्य प्राथमिकता दिइएको छ । त्यस्तै पाहुनाको मागअनुसार अन्य परिकार तथा आवश्यक सुविधा पनि उपलब्ध गराउने गरी होमस्टे सञ्चालनमा ल्याएको सञ्चालकले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय