राधी विद्युत कम्पनी लिमिटेडको हकप्रद सेयर खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले असोज ५ गतेदेखि हकप्रद सेयर विक्रीमा ल्याएकाे हाे ।
कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ दशमलव ४७५२ को अनुपातमा हकप्रद शेयर जारी गरेको हो । जस अनुसार प्रतिकित्ता रू. १०० अंकित मूल्यका रू. ९५ करोड ३५ लाख ७६ हजार ९९ बराबरको ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद सेयर विक्रीमा रहेको छ ।
कम्पनीले हकप्रद सेयर निष्काशनका लागि भदौ १२ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा भदौ १० गतेसम्म कायम सेयरधनीहरूले मात्र हकप्रद सेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
यो हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
हकप्रद सेयर निष्कासनका लागि गराईएको रेटिङ्गमा क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाइ वित्तीय दायित्व पुरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्ने इक्रा एनपी आईआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार ६२२ ददशमलव ५० रहेको छ । हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पश्चात् कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५९ करोड ९९ लाख ८० हजार ७२१ दशमल ५० पुग्नेछ ।
