नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको महाधिवेशन मंगलबार(आज)देखि सुरु हुँदै छ ।
नेकपाको नवौँ राष्ट्रिय महाधिवेशन आजदेखि कपिलवस्तुको शिवगढीमा सुरु हुने भएको हो । यस अघि काठमाडौंमा हुने भनिएको महाधिवेशनको मिति र स्थान फेर्दै सो पार्टीले कपिलवस्तुमा महाधिवेशन गर्न लागेको हो।
महाधिवेशनको उद्घाटन नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले मध्यान्ह १२ बजे गर्ने कार्यक्रम रहेको बताइएको छ । सरकारले प्रतिवन्ध लगाएपछि भूमिगत भएका विप्लवका नेताहरु २०७७ साल फागुन २१ गते सरकारसँग सहमति गर्दै खुला राजनीतिमा आएका थिए। त्यसपछि चन्दको पार्टी पनि फुटेको छ ।
