Nepali Unicode | Preeti to Unicode

आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरूले सामाजिक सञ्जालमा प्रचारप्रसार गरे त्यसको खर्च पनि निर्वाचन आयोगलाई बुझाउनुपर्ने भएको छ ।

फेसबुक, ट्वीटर, युट्युबलगायत सामाजिक सञ्जालबाट चुनावी प्रचारप्रसारका सामग्री वा विज्ञापन राखेमा त्यसमा लागेको खर्च विवरण आयोगमा बुझाउनुपर्ने भन्दै आयोगले विज्ञप्ती निकालेको छ । विज्ञप्तीमा सामाजिक सञ्जालकोसमेत प्रयोग गरी चुनावी प्रचार गर्न थालिएको देखिएकोले यस्तो खर्चको विवरण राख्न राजनीतिक दलहरू र उम्मेदवारहरूलाई आग्रह गरिएको छ ।

दल वा उम्मेदवारले सामाजिक सञ्जाल प्रयोग गरी गरेको प्रचारलाई निर्वाचन खर्चमा समावेश गर्नुपर्ने भएको हो। सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानुनबमोजिम पेश गर्ने निर्वाचन खर्च विवरणमा समावेश गरे वा नगरेको अनुगमन र परीक्षणसमेत गरिने आयोगले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर