नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले प्रदेशसभा सदस्यको टिकट पाएका छन् । मोरङ क्षेत्र नम्बर ५ को ‘ख’ बाट उनले टिकट पाएका हुन् ।
प्रतिनिधिसभा सदस्यको दाबी गर्दै आएका अर्याल गठबन्धन गर्दा सो क्षेत्र माओवादी केन्द्रको भागमा परेपछि उम्मेदवार बन्न मानेका थिएनन् । तर काङ्ग्रेस सभापति शेरबहादुर देउवाको मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि उनी उम्मेदवार बन्न राजी भएको काङ्ग्रेसका एक केन्द्रीय सदस्यले बताए । क्षेत्र नम्बर ५ को ‘ख’ जसपाले जयराम यादवलाई टिकट दिएको छ ।
काङ्ग्रेस नेता भीम पराजुली र नेता गुरुराज घिमिरेले प्रदेश सांसदको टिकट पाएका छन् । मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको दाबी गर्दै आएका दुवै नेताले प्रदेशसभा सदस्यको टिकट पाएका हुन् ।
पराजुलीले क्षेत्र नम्बर ४ को ख बाट प्रदेश सांसदको टिकट पाएका छन् । क्षेत्र नम्बर ४ को क बाट गुरुराज घिमिरेले टिकट पाएका छन् । सत्तागठबन्धनमा भागवण्डा गर्दा मोरङ क्षेत्र नम्बर ४ माओवादी केन्द्रको भागमा परेको थियो । माओवादी केन्द्रले सो क्षेत्रमा अमनलाल मोदीलाई टिकट दिएको छ ।
